भूतपूर्व सैनिक सम्मेलन २०८२ : दर्ता आह्वान

  • star khabar
  • १ महिना अगाडि
  • २,५३८ Views
https://sstarkhabar.com/public/frontend/img/header-adds/adds.jpg



चैत -१२ सिरहा।
सोनु मिश्र।

भूतपूर्व सैनिकहरूको पुनर्मिलन, हिताधिकारीहरूको कल्याण तथा कोषको दिगोपनलाई लक्ष्य राख्दै भूतपूर्व सैनिक सम्मेलन २०८२ आयोजना हुने भएको छ।

"भू.पू. सैनिक सम्मेलनको प्रण-पुनर्मिलन, हिताधिकारीको कल्याण र कोषको दिगोपन" भन्ने मूल भावका साथ आयोजना हुन लागेको उक्त सम्मेलनकालागि सिरहा जिल्लामा बसोबास गरी सोही जिल्लाबाट पेन्सन बुझिरहेका भूतपूर्व सैनिक, एकल महिला तथा पारिवारिक निवृत्तिभरण बुझ्ने हिताधिकारीहरूलाई सहभागी हुन आह्वान गरिएको छ।


सम्मेलन श्री नन्दा बक्स गण, चोहर्वा व्यारेक, सिरहामा २०८३ साल बैशाख ०३ गते सञ्चालन हुनेछ।
सम्मेलनमा सहभागी हुन इच्छुक व्यक्तिहरूले २०८२ साल चैत्र २८ गते भित्र सम्बन्धित गणमा उपस्थित भई नाम दर्ता गराउनुपर्ने जनाइएको छ।

साथै, अनलाइनमार्फत पनि दर्ता गर्न सकिने व्यवस्था गरिएको छ। यसका लागि नेपाली सेना कल्याणकारी बोर्डको आधिकारिक वेबसाइट nawb.nepalarmy.mil.np मा उपलब्ध फाराम भरी दर्ता गर्न सकिने जानकारी दिइएको छ।

आयोजकले सम्पूर्ण भूतपूर्व सैनिक तथा हिताधिकारीहरूलाई समयमै दर्ता भई सम्मेलनलाई सफल बनाउन अनुरोध गरेको छ।
सम्पर्क कार्यलयको नम्बर:- ०३३-४०१०५०, ९८४०९३९०५३ रहेको छ।

https://sstarkhabar.com/public/frontend/img/header-adds/sanakishanads.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *