सिरहा कल्याणपुर नगर प्रमुखद्वारा कक्षा-८ बोर्ड परीक्षाको अनुगमन

  • star khabar
  • २ महिना अगाडि
  • २,०८५ Views
https://sstarkhabar.com/public/frontend/img/header-adds/adds.jpg


चैत -१० सिरहा।
स्टार खबर।
सिरहाको कल्याणपुर नगरपालिकाका नगर प्रमुखले हाल सञ्चालन भइरहेको कक्षा-८ को बोर्ड परीक्षाको अनुगमन गरेका छन्।

कल्याणपुर नगरपालिका प्रमुख रेखा कुमारी यादवले नगरभित्रका विभिन्न विद्यालय परीक्षा केन्द्रहरूमा पुगेर परीक्षा व्यवस्थापन, विद्यार्थीहरूको उपस्थिती, सुरक्षाको अवस्था तथा शान्तिपूर्ण वातावरणबारे स्थलगत अवलोकन गरेका थिए। 

अनुगमनका क्रममा उनले परीक्षा निष्पक्ष, मर्यादित र व्यवस्थित रूपमा सञ्चालन गर्न सम्बन्धित विद्यालय प्रशासन तथा शिक्षकहरूलाई निर्देशन दिएका छन्।

नगर प्रमुखले शिक्षा क्षेत्रको गुणस्तर सुधारका लागि यस्ता अनुगमनलाई निरन्तरता दिइने उल्लेख गर्दै विद्यार्थीहरूलाई अनुशासित र इमान्दारितापूर्वक परीक्षा दिन आग्रह गरे। साथै उनले शिक्षक तथा कर्मचारीहरूको सक्रिय भूमिकाको प्रशंसा गरेका थिए।
स्थानीय तहको सक्रियतासँगै यस वर्षको कक्षा-८ बोर्ड परीक्षा शान्तिपूर्ण र व्यवस्थित रूपमा सञ्चालन भइरहेको सम्बन्धित स्रोतले जनाएको छ।

https://sstarkhabar.com/public/frontend/img/header-adds/sanakishanads.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *